Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुलुकमा विकास, समृद्धि, सुशासनका लागि निर्वाचन ः कार्की

सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता

by नेपाल टाइमलाइन न्यूज
October 9, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मुलुकमा विकास, समृद्धि, सुशासनका लागि निर्वाचन ः कार्की
8
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गराउनुभएको छ । जिल्लाको प्रतिनिधिसभा ४ नम्बरबाट प्रतिनिधिसभामा दिउसो पौने तीन बजे मनोनयन दर्ता गराउनुभएको हो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका मन्त्री कार्कीले दोस्रो पटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुदै निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाधली रहित र भयरहित वतावरणमा हुने बताउनुभयो । वहाँले मंसिर ४ गतेको निर्वाचन पछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्य र आर्थिक स्थिरता कामय गर्ने बताउनुभयो । देशबाट बेरोजगारी र गरीबी अन्त्य गर्नका लागि निर्वाचन पछि सरकारले काम गर्ने बताउनुभयो । संविधानको रक्षा गर्ने, आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागि परेको र लागिरहनका लागि काम गर्ने बताउनुभयो । उहाँले आफू निर्वाचित भएको यस क्षेत्रमा उतकृष्ट क्षेत्र बनाउने काममा लागेको र अव फेरीपनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफू भाषणमा मात्रै नभई जस्ताबेज सहित यर्थातमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, संचार , यातायात सहितको क्षेत्रमा आवाज संसदमा मुखरित भएको र थप बाकी कामलाई पूर्णता दिनका लागि काम गर्ने बताउनुभयो । उहाँले आफ्नो प्रतिनिधि सभामा पाँच वर्षे कार्यकालमा विश्व नै कोरोनाका कारणले डेढ वर्ष पूर्ण प्रभावित भएको र काँबी समयमा असल काम गरेको बताउनुभयो । उहाँले नागरिकको आकक्षा, आवश्यकताहरुलाई तिव्रताका साथ सम्बोधन गर्ने बताउनुभयो । मन्त्री कार्कीले आफूहरुले गरेको कामको अध्ययन गरि सही मूल्याकंन गरिदिन र अगामी दिनमा कसरी काम गर्ने भन्ने बारेमा स्पष्ट धारणाका साथ जनताको घरदैलैमा भेटभाट गर्ने बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै यसक्षेत्रमा भौतिर्क पूर्वाधार निर्माणको काम गर्ने, गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम कार्कीले मनोनयन पत्र दर्ता गर्नुभएको छ । उहाँले नेपाली काग्रेंस पार्टीका तर्फबाट मनोनयन पत्र दर्ता गर्नुभएको हो ।
उता सुनसरीमा चार वटै प्रतिनिधि सभा र आठ वटै प्रदेश सभाका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारी दर्ता उत्साह पूर्वक सम्पन्न भएको छ ।
सुनसरीमा सत्तारुट गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मुक्सहाग लिम्बु, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काग्रेंसका सिताराम मेहता, निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काग्रेंसका विजय कुमार गच्छदार र क्षेत्र नम्बर ४ बाट नेपाली काग्रेंसका ज्ञानेन्द्र बहादुर कार्कीले मनोनय दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमाले तथा जनता समाजवादी पार्टीको गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका असोक राई, निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भिमप्रसाद आचार्य, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै भगवती चौधरी र क्षेत्र नम्बर ४ बाट एमालेका जगदिश प्रसाद कुसियैतले मनोनय दर्ता गराउनुभएको छ ।
जिल्लामा नेपाली काग्रेंसले प्रतिनिधि सभा तर्फ तीन क्षेत्र, नेकपा माओवादी केन्द्रले एक क्षेत्रमा, नेकपा एमालेले तीन क्षेत्रमा र जनता समाजवादी पार्टीले एक क्षेत्रमा मात्रै उम्मेदबारी दर्ता गराएको छ । यहाँ नेपाल लोकतान्कि पार्टी, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्च सहितका १९ राजनीतिक दलका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएका छन् ।


१, सुनसरी क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नका लागि जानुहुदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


१, सुनसरी क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै नेकपा एमालेका उम्मेदबार जगदिश प्रसाद कुसियैत सहित ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


३, सुनसरी क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नका लागि जानुहुदै एमालेका नेता भिमप्रसाद आचार्य ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

४, सुनसरी क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नका लागि जानुहुदै नोपली काग्रेंसका सिताराम मेहता ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

 

 

Previous Post

उम्मेद्वारी दर्ता प्रक्रिया सुरु

Next Post

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

Next Post
विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana