इनरुवा, बैशाख १० गते । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहका कर्मचारी खटाउनुपर्ने माग गरेको छ । हाल निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहका कर्मचारीलाई बेवास्ता गरेको भन्दै विरोध सहित निर्वाचनमा स्थानीय तहका कर्मचारीहरुलाई अवसर दिनुपर्ने र खटाउनुपर्ने माग गरेको हो । स्थानीय तहको निर्वाचन जनशक्ती व्यवस्थापन सम्बन्धी निर्देशीका २०७८ को दफा ५ को उपदफा ४ बमोजिम निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी उपलब्ध भएसम्म स्थानीय तहको कर्मचारी खटाउनुपर्ने व्यवस्था रहेको तर भोक्राहा नरसिंहमा निर्वाचन अधिकृतको कार्यालयमा त्यसलाई बेवास्ता गरेको भन्दै सहायक निर्वाचन अधिकृत र लेखाको कर्मचारीहरुलाई खताउनुपर्ने माग गर्दै निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।