रौतहट बैशाख १४ गते
सनाउल्लाह शेख //
आगामी बैशाख ३० मा हुन लागेको स्थानिय चुनावको लागि रौतहटका १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाले मनोनयन दर्ता गरेका छन्।
१८ पालिका मध्ये १६ नगरपालिका र २ गाउँपालिकाका पालिका प्रमुखको लागि ४ सय १५ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।
यस्तै उपप्रमुखको लागि १ सय ६८ जनाको उम्मेद्वारी परेको छ भने १ सय ५७ वडाध्यक्षका लागि १ हजार २ सय ७७ जनाको मनोनयन दर्ता भएको छ। यस्तै खुला सदस्यमा १ हजार ८ सय ७ जना , महिला सदस्यमा ८ सय ७१ जना र दलित सदस्यमा ८ सय ४७ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।