रबिन्द्र कुमार यादव÷÷भोक्राहा
स्थानीय तहको निर्वाचन नजिकिएसगैं चुनावी सगर्मी बढेको छ । यसैक्रममा सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट वडा नं ७ का वडा अध्यक्ष पदमा हेमनारायण यादवले मनोनयन दर्ता गरी भोट माग्न व्यस्त हुनुभएको छ ।
यादव बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदबार यादवका अनुसार आफू धेरै वर्षदेखि खेतीकिसानी पैशा गर्दै आएकोमा गाउँ तथा वडाको राजनीतिकमा सुधार र परिवर्तन नभएको देखेपछि उम्मेदबार भएर आएको हो । यादवले विकास नभएको देखेपछि आफूलाई धेरै दुःख लागेको त्यसपछि राजनीतिकमा आफ्नो कदम चालेको बताउनुभयो ।