इनरुवा । स्ववियु निर्वाचन २०८१ नजिकिँदै गर्दा सुनसरी बहुमुखी क्याम्पसमा चुनावी सरगर्मी बढेको छ। नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल कुमार मण्डल विद्यार्थीहरूको हकहितको पैरवी गर्दै सशक्त नेतृत्वको रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।
“शिक्षा व्यापार होइन, मौलिक अधिकार हो” भन्ने नाराका साथ मण्डलले न्यायपूर्ण र गुणस्तरीय शिक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। उनले विद्यार्थीहरूको आवाज बुलन्द पार्ने, शैक्षिक सुधारका एजेन्डाहरू अघि बढाउने र उत्पीडनविरुद्ध सधैं संघर्षरत रहने बताएका छन्।
उनको प्रचार अभियानमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकताको मूल्यमान्यता समेटिएको छ। मण्डलको विद्यार्थीको हकहितमा बोल्ने शैली चौतर्फी चर्चाको विषय बनेको छ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ। यस क्रममा मण्डलले सम्पूर्ण विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघलाई मतदान गर्न आग्रह गरेका छन्। उनले विद्यार्थी समस्याहरू समाधान गर्दै भविष्यमा कुनै समस्या भोग्न नपरोस् भन्ने दिशामा काम गर्ने प्रतिज्ञा गरेका छन्।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारहरू आ–आफ्नो एजेन्डासहित प्रचारप्रसारमा जुटिरहेका छन्। अब विद्यार्थीहरूले कुन नेतृत्वलाई अगाडि ल्याउने भन्ने निर्णय चैत ५ मा हुने मतदानले तय गर्नेछ।





