इनरुवा । सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा स्ववियु निर्वाचन नजिकिँदै गर्दा समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, तथा राष्ट्रिय विद्यार्थी मञ्चको संयुक्त प्यानलले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेको छ।
संयुक्त प्यानलले नियमित र प्रभावकारी पठन-पाठनको अनिवार्यता, व्यवहारिक मासिक शुल्क निर्धारण, तथा गरीब, जेहेन्दार, दलित र अल्पसंख्यक महिलाहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्थाजस्ता महत्वपूर्ण मुद्दाहरूलाई आफ्नो प्राथमिकतामा राखेको छ। साथै, क्याम्पसमा सृजनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन, फोहोर व्यवस्थापन, शुद्ध खानेपानी र स्वच्छ शौचालयको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नियमित पठन-पाठन सुनिश्चित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजना खेलमैदान व्यवस्थापन तथा कलेज परिसरको सौन्दर्यकरण मुद्री हटिवा लगायतका समस्या समाधान,सेनिटेरी प्याड डिस्पोजल मेसिनको व्यवस्था,मानविकी तथा मणित विषयको नियमित कक्षा सञ्चालन,विद्यार्थीमैत्री भौतिक संरचना, खेलकुद, मनोरञ्जन स्थल तथा पुस्तकालयको ग्यारेन्टी,
प्रविधिसँग जोडिएको शिक्षा प्रणालीको विकास तथा अन्तर्राष्ट्रिय विज्ञहरूमार्फत कक्षा सञ्चालन ।पुरानो शिक्षा ऐन खारेज गरी नयाँ सुधारिएको शिक्षा ऐन निर्माणका लागि दबाब सभापति: नितेश कुमार यादव,सचिव: मन्तोष कुमार मण्डल,कोषाध्यक्ष: भुपराज दास (मुकेश) सदस्यहरू: पार्वती कुमारी मण्डल, मोमिसा सुवेदी, रितीक माझी, रेहान फजल अन्सारी, गिरेन्द्र कुमार साह संयुक्त विद्यार्थी संगठनहरूले आफ्नो उम्मेदवारहरूलाई विजयी गराउन सबै विद्यार्थीहरूलाई आह्वान गर्दै निष्पक्ष र पारदर्शी निर्वाचनको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्। आगामी निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।





