इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सम्पन्न विद्यार्थी संघ निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व कायम भएको छ। नेविसंघ, अनेरास्ववियु र जनमत विद्यार्थी संघको साझा प्यानलबाट नेविसंघका शुनिल कुमार मण्डल सभापतिमा विजयी भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा मण्डलले १४५ मत ल्याउँदै आफ्नो प्यानललाई विजयी गराए। उनका प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपाल गठबन्धनका नितेश कुमार यादवले ११७ मत प्राप्त गरेका थिए।
सचिव, कोषाध्यक्षसहित सबै पदमा सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन्। यसअघि समाजवादी विद्यार्थी युनियनको गठबन्धनले क्याम्पसमा विजय हासिल गरेको थियो।






