तिमी आफ्नै कारणले नजाउ नर्क
रक्सी र झुठ त्यागी मानवमा फर्क
झुठ, भ्रम र लूटमा लिप्त भई नबनाउ नर्क
सक्छौ भने नैतिकता सहित मानवमा फर्क ।।
सुन्दर भाषणमा बोलेर व्यवहारमा नदेखाउ नर्क
तिम्रो हितको लागि हो आफ्नै मानवमा र्फक
अरुको निन्दामा लागेर जिवनलाई नबनाउ नर्क
आफ्नो इमान्दारिता देखाउन असल पथमा फर्क ।।।





