इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले हरितालिका तीजको उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली नारीहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष अन्सारीले नेपाली महिलाहरूको सुख, समृद्धि, सुस्वास्थ्य, तथा दीर्घायुको कामना गर्दै तीज पर्वले महिलाहरूको जीवनमा थप ऊर्जा र प्रगति ल्याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो।
उहाँले नेपाली महिलाहरूको स्वाबलम्बी बन्ने चाहनालाई प्रोत्साहित गर्दै तीज पर्वको महत्त्वमाथि प्रकाश पार्नुभयो। गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष र नेपाली कांग्रेस प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का सभापति समेत रहनुभएका अन्सारीले तीजको अवसरमा समग्र महिलाहरूको सशक्तिकरणमा जोड दिन आग्रह गर्नुभएको छ।
देशभित्र र विदेशमा रहेका नेपाली दिदीबहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै, उहाँले सबैलाई यो पर्व एकतामा बाँध्न र नेपाली संस्कृतिको संरक्षणमा थप योगदान पुर्याउन प्रेरित गर्नुभएको छ।