सुनसरी । सुनसरीका बलाकार तथा साहित्यकार झोटन मेहताको रचना ‘मिथिलाके बेटी’ भाग २ को विमोचन इनरुवा सदरमुकाममा भएको छ। प्रमुख अतिथि अनिल पोखरेल, अपन स्वर्ग नेपाल कला संस्कृतिकका अध्यक्ष झोटन मेहता, र अतिथि एसन मेहताले कार्यक्रमको आयोजना गर्दै पत्रकार जयकृष्ण यादव (गोरखापत्र दैनिक), अजित कुमार झा (रासस), र देवराज यादव (सत्य संसार)लाई सम्मानित गरेका छन्।
कार्यक्रममा कलाकार रंजित गुप्ता, राधा चौधरी, रबिना बिकसहित १२ जनालाई सम्मान गरिएको छ। ‘मिथिलाके बेटी’ भाग २ मैथली तथा मधेसी समुदायको जनजीविका र छोरी चेलीले खेप्नु परेको पीडालाई चित्रित गर्दै तयार पारिएको छ।
संगीतकार हरुन रसिद, गायक बिरेद्र झा, र माला राजबंसीको गायनमा आधारित यो मौलिक मैथली गीतमा कलाकार रबिना बिक, विजय माली, रन्जित गुप्ता, अनिता मेहता, राज सिंह, पवन भौर, राधा चौधरीको अभिनय रहेको छ। क्यामरामा सुजित शाह, कलर रेनु चौधरी, र अडिटर पर्शुराम चौधरीको बहुभाषिक योगदान रहेको छ। यो गीत छोरीमाथि हुने अत्याचारका विषयमा निर्माण गरिएको छ।
कार्यक्रममा साहित्यकार रमेन्द्र कोइराला, छविनाथ रिजाल, वीरेन्द्र झा, मृदुला झा, अर्जुन मेहता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।