Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी एक्सिलेन्स अवार्ड-२०८१’इटहरीमा हुँदै

कोशी एक्सिलेन्स अवार्ड-२०८१’इटहरीमा हुँदै

by नेपाल टाइमलाइन न्यूज
January 22, 2025
in मनाेरञ्जन
A A
0
कोशी एक्सिलेन्स अवार्ड-२०८१’इटहरीमा हुँदै
11
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी गरेको छ ।

आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो ।

मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यस्तो किसिमको अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको जनाएका छन् ।

अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंिकङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

‘१३ विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने र यसलाई पारदर्शी बनाउनका लागि चार सदस्यीय निर्णायक समितिसमेत छनोट गरिएको छ,’ अधिकारीले भने, ‘अहिले उक्त निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोटका लागि काम गरिरहेको छ ।’

कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गर्न लागिएको उनले बताए । ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा रहने उनको भनाइ छ ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने कार्यक्रममा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने अधिकारीले बताए ।

कार्यक्रम संयोजक विवेक रेग्मीले उक्त अवार्ड कार्यक्रमले कोशी प्रदेशको व्यापार, व्यवसाय प्रवर्द्धनसँगै पर्यटनको क्षेत्रमासमेत टेवा पुग्ने दाबी गरे । ‘यो कार्यक्रमले व्यापारको प्रवर्द्धनसँगै पर्यटन क्षेत्रमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८१ को तयारी गरिरहँदा हाम्रो यस कार्यक्रमले कोशीको पर्यटनलाई केही हदसम्म भए पनि प्रवर्द्धन गर्ने विश्वास गरेका छौँ ।’

कम्पनीले गत वर्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड कार्यक्रमलाई काफल्स इटहरीले म्यानेजमेन्टको जिम्मा लिएको छ ।

Previous Post

प्रधानमन्त्री ओलीको ‘डिजिटल नेपाल’ योजना: दक्ष जनशक्ति र रोजगारी सिर्जनामा जोड

Next Post

दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार

Next Post
दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार

दुबईमा अलपत्र सिराहा निवासी उमेश मण्डलको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको पहल उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana