इनरुवा । कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले फागु पूर्णिमालाई आपसी प्रेम, सद्भाव, र मेलमिलापको पर्वका रूपमा उल्लासपूर्वक मनाउन आग्रह गरे।
“होली केवल रंगहरूको पर्व मात्र होइन, यो भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने उत्सव पनि हो। यस पर्वले समाजमा एकता, आपसी समझदारी, र खुशीयाली फैलाउने विश्वास गरिन्छ,” उनले भने।
अध्यक्ष अन्सारीले विविधतामा एकता झल्काउने यस पर्वलाई मर्यादित, सुरक्षित, र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गर्दै सबैको जीवनमा सुख, शान्ति, र समृद्धि कायम रहोस् भन्ने कामना गरे।
फागु पूर्णिमाको अवसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक शुभकामना! ह्याप्पी होली!





