नयाँदिल्ली । भारतको दक्षिण प्रदेश केरलामा मानिसको मस्तिष्कलाई क्षति पुर्याउने निपा भाइरसको संक्रमण फैलिएको छ ।
निपा भाइरसको संक्रमण बढेसँगै केरलामा विद्यालय, कार्यालय र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । गत अगस्त ३० यता निपा भाइरसबाट केरलामा दुईजनाको मृत्यु भइसकेको छ ।
केरलामा अहिले फैलिएको निपा भाइरसलाई बंगलादेशी भेरियन्टको नाम दिइएको छ । यो भाइरसको मृत्युदर ७५ प्रतिशत रहेको बताइएको छ । केरलाको कोजियोथे जिल्लामा सबैभन्दा बढी यो भाइरस फैलिन सक्ने आशंका छ । त्यहाँ अत्यावश्यक सामान पाइने पसल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ । निपा भाइरस मानिसबाट मानिसमा मात्र सर्ने बताइएको⊃ छ ।





