Tuesday, March 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
October 8, 2023
in विश्व
A A
0
हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

 

हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो।

आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।

 

आक्रमणमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ। कैलाली भुनियाँ-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दिपेशराज बिष्ट, धनुषाको सपही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ।

 

आक्रमणमा डोटी पछन्ली-३ का राजन फुलरा, डोटी लमीखाल-८ का पदम थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ।

 

आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन्। गोरखाको गोर्खा-८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर-९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ। दुवै जना उपचाररत छन्।

 

सल्यानको शारदा-२ का विधान सेजुवाल र दाङको दंगीशरण-३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ।

 

सल्यानको त्रिवेणी गाउँपालिका-१ का प्रमोद केसी, कैलाली भजनी-४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन्।

Previous Post

अविवाहित रहनु हानिकारक, जान्नुहाेस् कारण

Next Post

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

Next Post
साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana