Tuesday, March 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

by नेपाल टाइमलाइन न्यूज
November 30, 2023
in विश्व
A A
0
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन केहीअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

कोप–२८ मा नेपालको सहभागितासँगै अतिकम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ ।

 

यूएईको दुबइमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रुपमा यूएईले अध्यक्षता गर्दैछ ।

 

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अतिकम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ।

 

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नुहुने जनाइएको छ ।

 

यसैगरी, प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटि अवार्ड समारोहमा सहभागी हुनुहुने छ ।

 

त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दि माउन्टेनः हु सेभ अस फ्रम दि क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुने भ्रमण तालिकामा उल्लेख छ ।

 

सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्ररुपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्नुहुने र हिमालका एजेण्डालाई कोप–२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्नुहुने मन्त्रालयले औँल्याएको छ ।

 

सम्मेलनको साइडलाइन बैठकका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

 

त्यस्तै, यूएईमा रहनु हुँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्नुहुने कार्यसूची छ । त्यहाँ आयोजना हुने नेपाल–युएइ व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने छ ।

 

नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी हुनुहुन्छ ।

नेपाली टोली शनिबार स्वदेश फर्किने छ ।

 

Previous Post

सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

Next Post

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

Next Post
इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana