विराटनगर । दक्षिण कोरियाको मोन अन्तराष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा कम्तिमा ४७ जनाको मृत्यु भएको छ। विमानमा १८१ यात्रु सवार थिए।
विमान थाईल्याण्डको बैंककबाट उडेको थियो। प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरणको प्रयासमा दुर्घटना भएको अनुमान गरिएको छ।
यो घटनाले अन्तर्राष्ट्रिय हवाई सुरक्षाको अवस्था पुन:प्रश्नचिन्ह खडा गरेको छ। यो एकै सातामा भएको दोस्रो हवाई दुर्घटना हो। यसअघि, अजरबैजान एयरको विमान काजकिस्तानमा दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको थियो।
दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।





