जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १६ गते । सुनसरीको गढी गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । वीहिबार गाउँपालिकाको औरावनीमा आयोजित एक समारोहका बिच गढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चीत पालिका घोषणा गरिएको हो ।
यहाँका २३ महिनासम्मका सम्पूर्ण बालबालिकाको सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार ११ प्रकारका रोग विरुद्धका खोप प्राप्त गरेकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको स्वास्थ्य कार्यालय असोक मेहताले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले सबै प्रकारका रोगको निर्मुल गर्न बालबालिकालाई खोप अनिवार्य भएको बताउनुहुदै जिल्लालाई नै असार मसान्त भित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा तयारी स्वरुप वीहिबार गढी गाउँपालिकालाई घोषणा गरिएको जानकारी दिनुभयो ।
वहाँले गढीमा एक जना पनि खोप लगाउन बाँकी बालबालिका नभएकोले पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।
घोषणा कार्यक्रम गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा अध्यक्षहरु चन्द्रदेव सरदार, कुशेश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत भुपध्वज थापा, लेखा अधिकृत दिलबहादुर खड्का लगायत, स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको सहभागिता थियो ।
१, सुनसरीको गढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने समारोहका सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा