इनरुवा असार १९ गते आईतबार
सुनसरीको रामधुनी नगरपालिका-३ सिघिया स्थित नहरको पानीमा डुवी १ जनाको मृत्यु भएको छ । आज दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ईलाका प्रहरी जनाए ।