गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका कबडी खेलाडीहरु सम्मानित भएका छन् । सोमबार एक औपचारीक कार्यक्रमका बिचमा उनिहरुलाई इनरुवा नगरपालिकाकी उप–प्रमुख बिनिता कुमारी मेहताले सम्मानित गरेका हुन् ।सप्तरीको राजबिराजमा आजबाट सुरु हुन गइरहेको प्रथम महिला आमन्त्रण राष्ट्रिय प्रतियोगितामा इनरुवाका कबडी खेलाडीहरु भाग लिन जाँदै गर्दा इनरुवा नगगरपालिकाकी उप–प्रमुख मेहताले सम्मान गरि बिदाई गरेकी हुन् । सम्मान पाईरहदा खेलाडीहरुले आफुहरुले खेल्दै जाँदा नेश्नल गोल्ड मेडल हाँसिल गरेता पनि इनरुवा नगरपालिकाले आफुहरुको मुल्यांकन नगरेको गुनासो पोखेका थिए ।
उनिहरुले भने, “इनरुवामा क्रिकेट,फुटबल,भलिभल भयो तर हामी कबडी खेलाडीहरुकाो लागि केही भएन । नगरपालिकाले सबै क्षेत्रका खेलाडीहरुलाई सम्मान गरि प्रोत्साहन गर्न आवश्यक छ । खेल क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने उनिहरुले जोड दिएका थिए ।