रबिन्द्र कुमार यादव ÷भोक्राहा
वैशाख ७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सोमबारबाट सुरु भएको तीन दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । एसएमएनएच रोडम्याप २०३० गर्भावस्थादेखी सुत्केरी अवस्थासम्म सेवा निरन्तरताको लागि सेवा प्रदायकहरुलाई
सेवालाई थप प्रभावकारी बनाउन अभिमुखिकरण गरिएको हो । गाउँपालिका भरी स्वास्थ्यकर्मीलाई सरकारी लक्ष्य पुरा गर्न योगदान गर्ने गरि तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । गर्भावस्थादेखी सुत्केरी अवस्थालाई निरन्तरता सेवा गर्भावती महिला र शिशु मृत्यु दर घटाउन अभिमुखीकरण निकै प्रवकारी रहेको महिला स्वास्थ्य कर्मीहरुले बताएका छन् । सहभागीहरुले कार्यक्रमबाट थप सेवा दिन सहज भएको र आफूहरुको काम विश्वास बढेर गएको बताएका छन् । स्वास्थ्य शाखा प्रमुख आलम अन्सारी र बसन्त प्रभा खनाल सहितले तीन दिने कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । सहजकर्ता रूपमा इनरुवा अस्पातलमा कार्यत नर्सिंह अधिकृत सीता बास्तोला रहनुभएको थियो । कार्यक्रममा भोक्राहा स्वास्थ्य चौकी वडा २ का प्रमुख रमेश शाह,देवसुन्दर मेहता,सञ्जिप उराँउ,रञ्जु कुमारी यादव, किरण कुमारी यादव, कल्याणी मिश्र, बिनिता कुमारी यादव, आशा देवि शाह, अरविन्दु कुमारी यादव, भावना राई, माया राई, अन्जु मेहता ,सुनिता कुमारी शाह, ज्योती कुमारी शाह, आशा देवी शाह लगायत उपस्थिति रहेको थियो ।