इनरुवामा गुरु पूर्णिमा मनाइएको छ । गुरु पूणिर्माको अवसरमा सुनसरी सदरमुकाम इनरुवाको भगवती माविको २०४८ सालको एसएलसी व्याचले गुरु सम्मान कार्यक्रम गरेको छ । भगवती माविका पूर्व प्रधानाध्याप पुरुषोतम घिमिरे सहितका २२ जना गुरुहरुलाई एकसाथ विद्यालयको २०४८ सालको एसएलसी व्याचले गुरु सम्मान गरेको हो । गुरुहरुको योगदानको कदर गर्दै सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको उक्त व्याचका विधार्थी विनोद मिश्रले जाानकारी दिनुभयो । कार्यक्रममा हिरा साह, रोहित निरौला सहितले सम्मान गर्नुभएको थियो ।