Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्दै –

सुनसरीका १२ वटै स्थानीय तहहरुको केन्द्र रहेको ठाउँमा विहीबार निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बुधबार गरेको स्थानीय संचारकर्मीसंगको अन्तरकृया कार्यक्रममा दिएको जानकारी अनुसार विहीबार १२ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्ने भएको हो । जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराहक्षेत्र, रामधुनी, इनरुवा र दुहवी नगरपालिका तथा गढी, बर्जु, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा एक साथ निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको निर्वाचन अधिकारी कृष्ण सुवेदीले जानकारी दिए । उपमहानगरपालिका , नगरपालिका र गाउँपालिकाको प्रशासकीय भवन रहेको ठाउँमा वा आसपासको सार्वजनिक भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । जिल्लाका सबै स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकिसकेको छ । बैशाख ८ गते सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्ने निर्देशन अनुसार मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको भवनमा र अन्य पालिकाको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न लागेको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनका लागि एकिकृत सुरक्षा योजना लागु भएको जानकारी दिए । निर्वाचन भय रहित तवरले सम्पन्न गर्नका लागि एकिकृत सुरक्षा योजना लागु भएको र निर्वाचन सम्पन्न भएपछि नयाँ जनप्रतिनिधिहरुको पदस्थापनासम्म जारी रहने जानकारी दिए । प्रजिअ यादवले शान्तीपूर्ण, धाधली रहित र निर्वाचन भयमुक्त वतावरणमा सम्पन्न गर्नका लागि आफूहरु लागि परेको र सबैको समन्वय, सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा दिएको जानकारी अनुसार धरान उपमहानगरपालिकामा पुष्करराज नेपाल, इटहरी उपमहानगरपालिकामा नारायण रिमाल, बराहक्षेत्रमा रमेश श्रेष्ठ, रामधुनीमा बिजयराज सुवेदी, इनरुवामा कैलाश प्रसाद सुवेदी र दुहवी नगरपालिकामा षडकुमार पोखरेल निर्वाचन अधिकृतको रुपमा रहेका छन् । त्यसैगरी गढीमा भेषराज भट्टराई, बर्जुमा कृष्ण पौडेल, देवानगञ्ज जोरासिंह माझी, हरिनगरमा मोहन प्रसाद घिमिरे, कोशीमा एकराज अधिकारी र भोक्राहा नरसिंह गाउँपालिकामा मोहन बहादुर अधिकारी रहेको जिल्ला निर्वाचन अधिकारी कृष्ण सुवेदीले जानकारी दिए ।

by नेपाल टाइमलाइन न्यूज
April 21, 2022
in चुनावी समाचार, मुख्य खबर, स्थानीय समाचार
A A
0
10
SHARES
Share on FacebookShare on Twitter

Previous Post

भोक्राहामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

रौतहटमा चुनावी गर्मी सँगै सरगर्मी बढ्यो

Next Post
रौतहटमा चुनावी गर्मी सँगै सरगर्मी बढ्यो

रौतहटमा चुनावी गर्मी सँगै सरगर्मी बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana