Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

by नेपाल टाइमलाइन न्यूज
August 17, 2022
in समाचार, स्थानीय समाचार
A A
0
गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड
11
SHARES
Share on FacebookShare on Twitter

 

 

इनरुवा । चर्को गर्मीमा युवाहरुको हुल उफ, उफ गर्दै स्नान गर्न पोखरी, नदी र तालको सहारा लिने गरेका छन् ।

दुई सता अघि ठूलो वर्षा भयो, त्यसपछि बाढी पनि आयो कोशी क्षेत्रमा कटान डुबान भएर केही विस्थापित पनि भए । तर त्यसयता बर्षा बन्द भएर लगातार गर्मी बढेको छ । गर्मी बढेपछि बजारमा चहलपहन कम भएको छ भने केही विद्यालयहरु पनि बन्द भएका छन् ।

यही बीचमा गर्मी छल्न र रमाईलो गर्न केही स्थानीयहरु सुनसरीको कोशी गाउँपालिका स्थित कोशी नदीको सिपेच भएर बग्ने सीमसारमा स्नान गर्नेहरुको भिड बढेको छ । गर्मी बढेपछि वि.स. २०६५ भदौ २ गतेको विनाशकारी कोशी बाढीले भगालो बनाएको कोशी कटान श्रीपुर क्षेत्रमा रहेको सिमसारको पानीमा गर्मी छल्न र रमाईलो गर्नेहरुको भिड बढेको छ । सुनसरीका अधिकाशं स्थानीय तहका स्थानीयहरु कोशी नदीको सिपेच भएर बग्ने सिमसारमा नुहाउन आउने गरेको कोशी गाउँपालिका ६ श्रीपुरका मनटुन यादवले बताए ।

यादवका अनुसार गर्मीमा कोशीको सीमसार क्षेत्र कोशी कटानमा दैनिक नुहाउनेहरुहरुको संख्या बढेको छ । विगतमा सवारी चालकहरुले मात्रै राजमार्ग छेउँमा नै बस्ने कोशीको सिमसार क्षेत्रमा नुहाउने गरेकोमा अहिले दैनिक ५०० देखी १००० बढीको संख्यामा नुहाउनेहरु र रमाउनेहरु आउने गरेको यादवको भनाई छ ।

राजर्मागसगैं भएको र बाटोमा नै पर्ने भएकाले युवाहरु बढी मात्रामा मोटरसाईकल र कोही जिप, कार र स्कार्पियो नै लिएर गर्मी छल्नको लागि यो आउने गरेको अर्का स्थानीय शंकर यादवले बताए । गर्मी सिजन भएको हुँदा धेरै खोलमा नुहाउनेहरुको भिड बढ्दै गएको बेला कोशी कटानमा समेत दैनिक हजार बढीले नुहाउन आउने गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका २ का सुरेन्द्र मेहता गर्मी बढेकाले सनिबार मात्रै कोशी कटानमा दुई घण्टा स्नान गर्नुभयो । उनले गर्मीमा प्रायः पसिना आउने भएले छालालाई चिसो पार्नका लागि नुहाउन आएको बताए ।

मेहता आफु मात्रै नभई कोशीको सीमसार भन्दा १५ किलोमिटर दुरीबाट साथीहरुलाई लिएर नुहाउन ल्याएको बताए ।

तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी र सुख्खाको अनुभूति गरेकोले साथीहरुसंग कोशी कटानमा नुहाउन आएको मेहताले बताए ।

कोशी कटानमा नुहाउनका लागि कोशी क्षेत्र सहित भोक्रहा नरसिंह, हरिनगर, देवानगञ्ज, दुहवी , इटहरी र इनरुवासम्मका स्थानीयहरु जाने गरेका छन् ।

साफा पानी भएको र पानी पनि ठिक्कको भएको, चिसो रहेको अनि धेरै मानिसहरु एकै ठाउँमा नुहाउन आउने भएकाले भिड बढेको अर्का स्थानीय हरि यादवले बताए । कोशी रिर्फेसमेन्ट सेन्टर निर्माण भईरहेको क्षेत्रमा नै सिमसारको पानी भएकाले पनि आन्तरीक पर्यटक बढेको अर्का स्थानीय समसाद मियाँले बताए ।

Previous Post

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

Next Post

८ वर्षीय दाइले दुई वर्षीय भाइको शव बोकेर गाडी पर्खिरहेको तस्वीरले स्तव्ध बनायो

Next Post
८ वर्षीय दाइले दुई वर्षीय भाइको शव बोकेर गाडी पर्खिरहेको तस्वीरले स्तव्ध बनायो

८ वर्षीय दाइले दुई वर्षीय भाइको शव बोकेर गाडी पर्खिरहेको तस्वीरले स्तव्ध बनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana