Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सामाजिक संजालमार्फत चरित्र हत्या भएको भन्दै इनरुवाका डाक्टर आन्दोलित

सामाजिक संजालमार्फत चरित्र हत्या भएको भन्दै इनरुवाका डाक्टर आन्दोलित

by नेपाल टाइमलाइन न्यूज
August 18, 2022
in मुख्य खबर, विश्व, स्थानीय समाचार
A A
0
सामाजिक संजालमार्फत चरित्र हत्या भएको भन्दै इनरुवाका डाक्टर आन्दोलित
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सामाजिक सञ्जालमार्फत चिकित्सकको चरित्र हत्या र अस्पतालको बद्नाम गर्न खोजिएको भन्दै जिल्ला अस्पताल सुनसरी इनरुवाका डाक्टर आन्दोलित भएका छन ।

आन्दोलित डाक्टरहरुले दोषी उपर कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्ना दिएका छन । मेसु डाक्टर देबराज घिमिरेसहित धर्नामा बसेका डाक्टरहरुले सामाजिक सञ्जालमार्फत आफुहरु उपर अनाहकको लाञ्छना लगाइएकाले आन्दोलनमा उत्रनु परेको बताए ।

प्रशासनमा धर्ना बसेका डाक्टरहरुले आफुहरुको मान–सम्मानमा चोट पुग्ने खाले अभिव्यक्ति दिने सामाजिक सञ्जाल प्रयोगकर्ता पशुपति दाहाल उपर कार्वाहीको माग गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष ज्ञापन पत्रसमेत बुझाएका थिए ।

धर्ना स्थलमै डाक्टर भेट्न पुगेका प्रजिअ यादव समक्ष आन्दोलित डाक्टरहरुले शान्तिपूर्ण तवरले काम गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका छन । सो क्रममा अस्पतालका मेसु डाक्टर घिमिरेले अस्पताल सुधारमा लागेको आफुलगायतको टिममाथि विभिन्न आरोप र अपजस लगाइदै आएकाले निर्धक्कसाथ स्वास्थ्य सेवामा खटिने वातावरण बनाइनु पर्ने बताए ।

आन्दोलनमा उत्रनु परेको कारण जानकारी गराउँदै मेसुले भने, ‘उपचार गराउन आउनु भएकी व्यक्तिमा चेकजाँचका क्रममा मुटुको समस्या पाइदा जटिल प्रकृतिको भएकाले अन्यत्र उपचार गराउन भनिएको थियो ।’

उनले थपे, ‘परिवारले बिरामीलाई उपचारका लागि काठमाडौंको शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा उपचारका लागि पु¥याएका रहेछन । त्यहाँको रिपोर्टलाई आधार मान्दै पशुपति दाहालले इनरुवा अस्पताल र डाक्टर उपर गम्भिर आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो । जस पश्चात सामाजिक सञ्जालमा आफुहरु उपर गालीगलौज, मानहानी, धम्कीपूर्ण भाषा प्रयोगको क्रम बढेकाले सत्यतथ्य छानविन गरी कार्वाहीको माग सहित आन्दोलित बन्न बाध्य भएका हौं ।

ज्ञापन पत्र बुझ्दै अवरुद्ध स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन आग्रह गरेका प्रजिअ यादवले घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । प्रजिअ यादवले स्वास्थ्य सेवा र सेवा प्रवाहमा खटिने डाक्टर लगायत स्वास्थ्यकर्मीको सुरक्षा र अधिकारको सवालमा प्रशासन कटिवद्ध रहेको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग भएको पाइएकाले कानूनी दायरामा ल्याइने बताए ।

धर्नाकैबीच डाक्टरहरुले दोषी भन्दै कार्वाहीको माग गरेका बलाहाका पशुपति दाहाललाई प्रशासनले झिकाएको थियो । सो क्रममा प्रजिअकै सामुन्नेमा दाहालले आमा बिरामी हुँदाको पीडा र उपचारमा भएको खर्चको विषयलाई लिएर आफुले सामाजिक सञ्जालमा व्यक्त गरेको भावमा अन्यथा लाग्न गएको भन्दै लिखितसहित सार्वजनिक माफी मागेका छन । उनले आफ्नो पोष्टमा अन्यले गरेको फोहोरी कमेन्टप्रति आफुलाई समेत लज्जाबोध भएको बताए ।

Previous Post

मधेशका साहुले सोझा जनतालाई ऋण दिन्छन् र झुक्याउदै कैयौ गुना असुल्छन्

Next Post

इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई

Next Post
इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई

इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana