Sunday, February 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई

इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई

by नेपाल टाइमलाइन न्यूज
August 18, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
इनरुवा र भोक्राहा नरसिंह पालिकामा सार्वजनिक सुनवाई
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पूर्व–पश्चिम राजमार्ग स्तारोन्नती आयोजना अन्र्तगतको काकडभिट्टा–लौकही सडक खण्डभित्र इनरुवा नगरपालिकाभित्र छ लेनको सडक निर्माण हुने भएको छ ।

सोमबार इनरुवामा आयोजित राजमार्ग स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मुल्यांङ्कन प्रतिवेदनको सार्वजनिक सुनवाई कार्यक्रममा सो कुराको जानकारी दिईएको हो ।

ठाँउअनुसार २४ देखि ३२ मिटरसम्म कालोपत्रे बन्ने सो आयोजना अन्र्तगत इनरुवा नगरपालिकाको वडा नम्बर ६ को भोटेखोला अन्डरपासदेखि सुनसरी खोलासम्म दुबैतर्फ दुई सर्भिस लेन र मुल सडक चार लेनको गरी छ लेनको बन्ने गरी डिजाईन तयारी पारिएको छ ।

त्यसभन्दा पूर्व वडा नम्बर ६ अन्र्तगत पर्ने राजमार्ग भने चार लेनको २४–२४ मिटरको बन्ने छ ।

इनरुवा ४ का वडाध्यक्ष बौवालाल मेहताका अनुसार ८२ दशमलब ५ मिटर सडक क्षेत्रभित्र पर्ने घर र टहरा भत्काउँदा आयोजनाले त्यसको मुआब्जा दिने छ भने जग्गाको मुआब्जा नदिने जानकारी दिए ।

आयोजनाको परामर्शदाता कम्पनी सुसुङ्ग इन्जिनियरिङ्ग कोरिया ईन एशोसिएसन विथ इन्भाएरोमेन्ट एण्ड रिसोर्स मेनेजमेन्छ कन्सलट्यान्ट प्रा.ली. एण्ड टेक स्टुडियो अफ इन्जिनियरिङ्ग प्रा.ली.ले इनरुवा नगरपालिकामा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरेको हो ।

त्यस्तै नगरपालिकाको शहरी क्षेत्र अन्र्तगतको मुख्य राजमार्ग पार गर्नु पर्ने चौकहरु सखुवागाछी, महेन्द्र चौक र बसचौकमा बाटो काट्न सहज हुने गरी ट्राफिक लाईटको ब्यवस्थापन गरिने छ । त्यस्तै सुनसरी खोलामा स्वर्गद्धारी घाट र गढिनाथको मन्दिर जाने ठाँउमा मुख्य राजमार्गबाट सहायक मार्ग निर्माण गरिने छ ।

काकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर लामो सडक निर्माण हुनेमा पहिलो चरणमा काकडभिट्टादेखि पकली क्षेत्रसम्मको सडकको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढीसकेको छ । पकलीदेखि लौकही सडक खण्ड अन्र्तगत पकलीदेखि कोशी टप्पु बन्यजन्तु आरक्षको गेट अर्थात नहर चौकसम्मको सडक स्तरोन्नतिको प्रक्रिया भने अबको करिब छ महिनापछि मात्रै अगाडि बढने कार्यक्रममा जानकारी दिईएको थियो । सोमबारै राजमार्ग अन्र्तगत पर्ने भोक्राहा नरसिंह गाउँपालिकामा समेत सार्वजनिक सुनवाई गरिएको छ ।

१२० किलोमिटर सडक स्तरोन्नतिको क्रममा १२ नगरपालिका ४ गाउँपालिका १ उपमहानगरपालिकाको गरी ८२ वटा वडा प्रत्यक्ष रुपमा प्रभावित हुने छ । जसभित्र १ लाख २७ हजार २०१ घरधुरीका ५ लाख १२ हजार २९७ जनसंख्या प्रभावित हुने छ ।

त्यसैगरी आयोजना निर्माणको क्रममा काटिने रुखको क्षतिपूर्तिबाट एकको अनुपातमा दशवटा रुख रोपिने छ । जसमा यो खण्डमा १२ हजार ४४८ वटा रुख काटिने भएकोले त्यसको साटो सडक निर्माणपछि १ लाख २४ हजार ४८० वटा नयाँ रुख रोपिने छ भने आयोजनामा पर्ने धार्मिक संरचना, घाटसम्म पुग्ने सडक पुर्ननिर्माण वा पुनस्थापना गरिने छ ।

Previous Post

सामाजिक संजालमार्फत चरित्र हत्या भएको भन्दै इनरुवाका डाक्टर आन्दोलित

Next Post

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक

Next Post
धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana