इनरुवा, भदौ २ गते । सुनसरी सदरमुकाम इनरुवामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको पाँच वर्षे रणनीतिक योजनाका बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा जनप्रतिनिधि र सरकारी अधिकारीहरुको उपस्थितीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको पाँच वर्षे रणनीतिक योजनाका बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राट्रिय दिवस भदौ २० गते बनाउने, पाँच वर्षे रणनीतिक योजनाका सवालाई सबै सरोकारबालाहरुले कार्यान्वयन गर्ने र सीमामा उच्च स्वतर्कता अपनाउने बारेमा छलफल भएको प्रशिक्षक कोषराज न्यौपानले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी भएका नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष , उपाध्यक्षहरुले रणनीतिलाई सार्थक पार्न आफूहरुको आयोजनामा दिवस मनाउने प्रतिवद्धता जनाएको न्यौपानेले बताउनुभयो ।
रणनीतिलाई सकार पार्नका लागि दिशव मनाउने र दिवशमा महिला समुह, क्लव, विद्यार्थी लगायतको प्रतिनिधित्व हुने गरी सम्पुर्ण जनप्रतिनिधीहरु सहितको सहभागिता जनाउने प्रतिवद्धाता जनाएका छन् ।
कार्यक्रममा सहभागी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँमा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध जनचेतना अभिवृद्धि गराउने, स्थानीय स्तरको आवश्यकता एवं माथिल्लो समितिले बनाएको नीति र योजना अन्तर्गत रही कार्यक्रमको कार्यान्वयन गर्ने बताउनुभयो ।
मेहताले आफहरु सीमावर्ती क्षेत्रका बासिन्दा भएकाले मानव बेचविखन तथा ओसारपसारको जोखिम भएको बताउनुहुनै आफ्नो क्षेत्रमा बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका व्यक्तिको संरक्षण र उद्धार गर्ने , मानव बेचबिखन तथा ओसारपसारका बिरूद्ध स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरू बीच समन्वय गर्ने बताउनुभयो ।
हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगतले मानव बेचबिखन तथा ओसारपसार संग सम्वन्धित लगत तथा अभिलेख अद्यावधिक गर्ने र प्रतिवेदन तयार पार्ने, सरोकारबालासंग समन्वय गरी बेचबिखन प्रभावितकालागि राहत कोष स्थापना तथा सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले आफूहरु पनि पालिकाका वडाहरुमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिहरु बनाउने र सकृय बनाई गठन तथा परिचालन गर्ने बताउनुभयो ।
रणनीतिहरुलाई सार्थक पार्नका लागि सरोकारबालाहरुको भुमिका र समन्वय आवश्यक रहेको साझाँ सवालका लागि साझाँ मञ्च कोकनका मन्जिता उपाध्यायले बताउनुभयो । कार्यक्रम मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।






