मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा रेड मरकरी भन्दै ठगी गर्ने ४ जना युवालाई टीकापुर प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका वडा न ९ सिमा नाका खक्राैला बाट निजहरुलाई पक्राउ गरेकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी नायब निरिक्षक रेबन्त बाेहराले जानकारी दिनु भयाे । ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीका अनुसार पक्राउ पर्नेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.१ भुरीगाउँ बस्ने बर्ष २६ को बिक्रम परीयार, बस्ने बर्ष ३१ को गणेश रपीयार, मोरङ जिल्ला बिराटनगर उप- महानगरपालिका वडा नं.१८ बस्ने बर्ष ४३ को महेश कुमार महतो र बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ देवाफुलवारी बस्ने बर्ष ३७ को राजन लोहनी रहेकाे बताए । निजहरुले भारतिय नागरिक संग सम्पर्क गरी Red Mercury बारेमा कुरा गरी ३,००,०००।- (तिन लाख) मा उपलब्ध हुन्छ, नेपालमा ल्याई बिक्रि गर्दा ५०,००,०००।- (पचास लाख) सम्म आउँछ भनी जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.३ भुरीगाउँ बस्ने बर्ष ४० को द्रोपती उपाध्यायलाई विश्वासमा पारी झुक्याई पैसा जम्मा गर्न लगाई Red Mercury चेकजाँच गर्ने, बजार ब्यवस्थापन गर्ने भुमिका बाँडी परीपन्च मिलाई भारतको तिकुनिया सम्म पिडितलाई लगी नङ पोलिसको रातो डिब्बा देखाई Red Mercury यही हो भनी ठग्न खोजेको आरोपमा उल्लेखित ४ जना ब्यक्तिलाई साउन २७ गते ९बजेको राती पक्राउ गरेकाे जानकारि दिए ।निज ४ जना माथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।





