संघीय सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा लगतै निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचन आयोगले मतदाता नामावली अधावधिक गर्ने कार्यमा जुटिसेकको छ भने दलहरुले आफ्नो पक्षमा नतिजा ल्याउनका लागि कसरतमा जुटेका छन् । कोही एकलै र कोही गठबन्धन वा साटभाट गरेर निर्वाचनको तयारीमा जुटेका छन् । यसैक्रममा सुनसरीमा पनि निर्वाचनको माहोल तात्न थालेको छ ।

सुनसरीमा सरकारका प्रवत्ता समेत रहनुभएका सञ्जार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की पनि यसै क्षेत्रबाट दोस्रो पटक चुनाव लड्ने भएपछि माहोल अल्कि बढी नै तालेको छ । कार्कीले संघीय सांसदका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदबार हुने निश्चितत जस्तै छ । यहाँबाट प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट संचारमंत्री ज्ञानेन्द्रबहादुर कार्की उढ्ने र नेकपा एमालेबाट जगदिश प्रसाद कुसियैत वा रमेशश श्रेष्ठ सहितको नाम चर्चामा आएको छ । यहाँ काग्रेस र एमालेका बीच मात्र बढी कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सुनसरीमा सत्तामा रहेको दल नेपाली काग्रेंसका नेताकार्यकर्ताहरुलाई बढी चुनावी माहोलले तताएको छ ।
यहाँ निर्वाचन क्षेत्र नं. ४ को प्रदेश (क) जिवन विष्ठ, उपेन्द्र कटुवाल, मनोज साह र रेवतिरमण दुलालको नाम चर्चामा रहेको छ भने क्षेत्र नं. ४ को प्रदेश (ख) मा हाल सत्रुघन यादव, सूर्यदेव दास उराँव र हाजी इसराईल मंसुरीको नाम बढीमा चर्चामा रहेको छ ।
यस क्षेत्र नं. ४ को प्रदेश (क) र (ख) दुवैमा कोईराला र देउवाँसमूहबाट उम्मेदबार बन्ने लबिगंमा समेत नेताहरु र सम्भावित उम्मेदबारहरु दौडधुपमा लागिपरेका छन् ।
स्थानीयहरुका अनुसार क्षेत्र नं. ४ को प्रतिनिधिसभामा कोईराला समूहबाट डिल्लि कार्कीलाई उम्मेदबार बनाउनुपर्ने पार्टी भित्र दिव्र दाबाव छ भने प्रदेश (क) जिवन विष्ठ र (ख)मा सुर्यदेव दासलाई उम्मेदबार बनाउनुपर्ने अडान राखेको छ । त्यसैगरी देउवा समूहबाट संघमा ज्ञानेन्द्र कार्की नै र प्रदेश (क) उपेन्द्र कटुवाल, रेवती दुलाल र मनोज साह मध्ये कोही एक र (ख) मा सत्रुघन यादव तथा इसराईल मंसरीलाई उम्मेदबार बनाउनुपर्ने दबाव बढाएको छ ।

यस क्षेत्रमा मुस्लिम र गैर मुस्लिमलाई पनि सन्तुलन मिलाउनका लागि काग्रेंस भित्रमा दबाव बढेको छ । यसमा साझाँ उम्मेदबारका रुपमा अल्प संख्या उराँवलाई दिनुपर्ने त मुस्लिम अगुवाहरुले इसराईललाई टिकट दिनुपर्ने दवाव दिईरेको छ भने चुनाव जित्नका लागि जेष्ठताका आधारमा सम्मान गर्न र जनताको भावनाको कदर समेत हुने गरि सत्रुघन यादवलाई टिकट दिनुपर्ने आबाज पार्टी भित्र र बाहिर पनि चर्चा उठेको छ ।

यादवले पार्टीमा गरेको योगदान र स्थानीय तहको निर्वाचनमा गरेको भुमिकालाई मूल्याकंन गरेर आफूलाई टिकट दिने विश्वास व्यक्त गर्नुहुन्छ ।
मंसुरीले पार्टीमा दशकौदेखी त्याग गरेको र स्थानीय तहको निर्वाचनमा जिताउन ठूलो भुमिका निर्वाह गरेकोले आफूलाई मूल्याकंन गरेर टिकट दिने विश्वास व्यक्त गर्नुहुन्छ ।





