Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

by नेपाल टाइमलाइन न्यूज
August 27, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वतयारी स्वरुप जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदाता नामावली अद्यावधिक –दावी विरोध समेत) कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।

निर्वाचन कार्यालयले जिल्लाका १२ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो । निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पन्न कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारीले त्रुटि रहित बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले मृतकहरुको पनि नाम मतदाता नामावलिमा रहेको देखिएकाले त्यसलाई कम गर्न वडा वा पालिकासंग सर्वर जोडेर मृत्यु दर्ता भएको दिनबाटै हटाउन सुझाव दिएका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँले दोहोरो हुन नदिनका लागि अभियानलाई टोलटोलसम्म पुर्र्याउन आवश्यक रहेको बताए ।

रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले मतदान जस्तो सम्वेदनशिल विषयमा सबै पक्षको समन्वय र सहकार्य जरुरी रहेको बताए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष , शान्तीपूर्ण र धाधलि रहित बताउनका लागि मतदाता नामावली अधावधिक जरुरी रहेको बताए ।

निर्वाचन आयोगले गत भदौं २२ गतेदेखि आगामी साउन ३१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताए ।

जिल्लाका १२ स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार पारिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार साउन १२ गते प्रत्येक स्थानीय तहको वडास्तरमा मतदाता नामावली प्रकाशन गर्न पठाउने र प्रकाशन गर्ने, त्यसमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पुर्ण मतदातालाई जानकारी गराइने कार्यक्रममा अधिकारी पौडेलले जानकारी दिए ।

जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने भएको छ । सो कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी दिइएको छ । त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि साउन २८ गते जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।

निर्वाचन घोषणा भएको दिनसम्म अभिलेखमा चढेका र फोटो सहितको मतदाता नामावलिमा समावेस भएकाहरु मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा भएकाले मात्र मतदानमा सहभागी हुन पाउने छन् । निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा सोही निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ताको काम भने नगरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सम्बन्धित स्थानीय तहभित्रै नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाई सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको नाम हटाउने लगायतका काम गरिने छन् । कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउनका लागि राजनैतिक दल, गैरसरकारी संघ÷संस्था, नागरिक समाज, सञ्चारकर्मी सवैलाई प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ ।

कार्यक्रममा कोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनितादेवी यादव, बर्जुका अध्यक्ष जिवछ राय, इटहरीका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई , जनता समाजवादी पार्टीका भगिरथ खत्वे, लोसपाका रामनारायण यादव, नेकपा एकिकृत समाजवादी पार्टीका गोविन्द निरौला , जनमत पार्टी सुनसरी इन्चार्ज दुर्गान्नद यादव सहितको उपस्थिती रहेको थियो ।

Previous Post

इनरुवामा प्याब्सनको जिल्ला स्तरीय वकतृत्वकलामा गुरुगं प्रथम

Next Post

फेरि चुनाव आउँदै छ !

Next Post
फेरि चुनाव आउँदै छ !

फेरि चुनाव आउँदै छ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana