सुनसरीको धरान उपमहानगर पालिका र बराहक्षेत्र नगरपालिकामा एक साथ भवनको शनिबार उद्घाटन भएको हो।
भारतका नेपाली राजदुतावास नविन श्रीवास्तव र सुचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बाहदुर कार्किले नेपाल भारत मैत्रीपूर्ण भवनको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका ६ (चक्रघट्टिमा )उद्घाटन गर्नु भएको छ ।
२ करोड २१ लाख लागतमा १६ कोठा भवनको उद्घाटन सम्पन्न भएको महेन्द्र माध्यमिक विद्यालयले जनाएको छ ।
उद्घाटन कार्यक्रमा सन्चार मन्त्री कार्कीले भारत बाट प्रत्येक बर्ष १० अरब सहयोग प्राप्त भएको बताउनु भयो।
कार्कीले समृध नेपाल र विकासका लागि असल छिमेकीको रूपमा भारत सरकार रहेकोे बताउनु भयो।
भारतका नेपाली राजदुतावासका नवीन श्री वास्तव लाई मन्त्री कार्कीले क्षेत्र नम्बर ४ ख बाट र नेपाल सरकारको तर्फ बाट हार्दिक ज्ञापन दिनु भएको थियो ।
कार्यक्रमा इनरुवा नगरपालिकाका पुर्व मेयर तथा सुनसरी जिल्ला समन्वय समितिका सभापति राजन मेहताले सभा लाई सम्बोधन गर्दे नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन खुसीको भएको बताउनु भयो।
विकासमा सुनसरी जिल्ला साथै क्षेत्र नम्बर ४ मा विकास प्रेमी नेता ज्ञानेन्द्र बाहदुर कार्की भएको हुनाले पक्कै पनि ५ बर्षको अवधिमा जिल्लाको र क्षेत्रको मुहार फेरिको बताउनु भयो।





