Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिमा यादवको उमेदवारी

सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिमा यादवको उमेदवारी - जयकृष्ण यादव

by नेपाल टाइमलाइन न्यूज
August 30, 2022
in चुनावी समाचार, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिमा यादवको उमेदवारी
20
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर !

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिमा समाजसेवी जयकृष्ण यादवले इक्छा जाहेर गर्नुभएको छ । यादवले सरस्वती माविमा विद्यालय व्यवस्थापन समितिमा आफ्नो इक्छा जाहेर गरेकाले अभिभावकहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यही महिनामा विद्यालयले समिति गठनको तयारी गरेकोले यादवले समितिमा जान कसरत सुरु गर्नुभएको हो । यादवले विद्यालयको हितमा काम गर्ने गरि २७ बुदे प्रतिवद्धता पत्र जारी गर्दै विद्यालयलाई पठ्ने भन्दा सिक्ने थलोको रुपमा , सुशासन, सभ्यता, संस्कृति, संस्कार र मातृभाषाको संराक्षणमा जोड दिदै नमुना विद्यालय बताउनका लागि समितिमा उम्मेदबारी दिने घोषणा गर्नुभएको हो ।

यादवले शैक्षिक क्षेत्रमा देखिएको सम्पूर्ण बेथिति अन्त्य गर्दै गुणस्तरीय शिक्षाका लागि, कक्षा ११ र १२ को पढाई सुरु गर्नका लागि, अनुसाशित, सभ्य, संस्कारी र बजारमा बिक्ने जनशक्ती तयार गर्नका लागि , विद्यालयमा शिक्षक र विधार्थीको उपस्थितीमा नियमितता, पाठनोट, पाठयोजना अनुसारको कक्षामा पढाई, नियमित कक्षा कार्य, गृहकार्य , साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप, मासिक कक्षा र विषयगत परीक्षाः लिखित, मौखिक, प्रयोगात्मक र शैद्धान्तिक गर्नका लागि समितिमा उम्मेदबारी दिने घोषणा गर्नुभएको छ । यादवले विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन गर्न वार्षिक, तीन वर्षे र पाच वर्षे योजना बनाएर शैक्षिक सुधार गर्न, प्रत्येक वर्षका लागि १÷१ गरि पाच वटा मुख्य योजना शिक्षक, विद्यार्थीहरु र अभिभावक सामु पुर्याउन, जस्तैः विद्यालय पढ्न् पढाउने थलोमात्र नभई सिक्ने सिकाउने थलो बनाऔं , विद्यालयको स्वरुप छाता जस्तो बन्यो यसलाई बदलेर खम्बा जस्तो बनाऔं , आफैप्रति निर्मम बनौ भन्दै शिक्षकले आँफैलाई सुधार गरौ, सुरुवात मुस्कान सहित कक्षाकोठा प्रवेशबाट गरौं, बिना शैक्षिक सामग्री कक्षाकोठा प्रवेश नगरौ, अबोध बालबालिकालाई अन्यायमा नपारौं, शिशुदेखी कक्षा १२ सम्मको गुणस्तरीय शिक्षा गाउकै विद्यालयमा आर्जन गरौं, नमुना विद्यालय बनाउन हातेमालो गरौं लगायतका अभियान संचालन गर्न, विधार्थी र शिक्षक दुवैको आन्तरिक मूल्याकन गर्ने सुचक निर्माण गरि पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ कार्यन्वयन गर्न समितिमा आउन आवश्यक रहेको बताउनुभएको छ । यादवले विद्यालयको अघिल्लो कक्षामा प्राप्त भएको ग्रेड सीट अनुसारको विधार्थीको आचरण, बोली, भाषा, घर परिवार र सामाजिक भावना, देशप्रेम, आफ्नो संस्कृति र संस्कारमा सुधार गरी सभ्य नागरिक बनाउन, शिशु देखी कक्षा ३ सम्म पहिलो पटक अग्रेंजी र स्थानीय भाषामा पठनपाठन गर्न , कक्षा कोठामा रंग रोगन गरेर आर्कषक, अत्याधुनिक तथा पूर्ण बालमैत्री बनाउन, गाउँका टुहुरा, असहाय, गरीब तथा निमुखा बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउने र खान, बस्न, लगाउन र पढ्न पाउने गरि व्यवस्थापन गर्न , बाल क्लव, जुरेस, स्काउट लगायतका समूहलाई सकृय बनाउन, विद्यालय र समुदायका बीचमा शैक्षिक गुणस्तरका लागि समन्वय, सहकार्य र नियमिततामा ध्यान दिन समितिमा उम्मेदबारी दिने घोषणा गर्नुभएको हो ।

 

 

त्यसैगरी अभिभावक शिक्षा मार्फत विद्यालय र स्थानीय समुदायको सहयोग, माया, सदभावलाई दिगो बनाउन, सामुदायिक विद्यालयमा हाम्रा शिक्षकहरुलाई साँच्चै गुरु बनाउनको लागि विभिन्न खालका योजना, त्यसको कार्यान्वयन तथा अनुगमन गर्ने, आधुनिक युग सुहाउँदो प्रविधियुक्त शिक्षणमा निपूूणर््ा बनाई कक्षाकोठामा प्रवेश गराउने, शिक्षकहरुको मनोबल उच्च बनाउनको लागि मेहनत अनुसारको सुविधाको लागि व्यवस्था मिलाउने , नया शिक्षण विधिहरु आएसँगै शिक्षकहरुलाई पनि त्यसमा साक्षात्कार बनाउने, शिक्षकहरुलाई पढाउने भन्दा पनि सिकाउने तर्फ उन्मुख गराउने, व्यवहार कुशल सिपको मर्म अनुसार बच्चाहरुको उमेर, रुची, मनोभावना बुझेर सिकाइ क्रियाकलाप गराउन तर्फ उत्प्रेरित गर्न , परीक्षाको परिणाम अर्थात सिकाइ उपलब्धि बृद्धि गरेर विद्यार्थीको आन्तरिक क्षमता अनुसार प्रतिस्प्रधाको वातावरण विद्यालय भित्र बनाउन, ज्ञान, सीप, व्यवहारमा खास गरी खेलकूद, साहित्य, कलाकारिता, बोली, भाषा, संस्कार तथा सभ्यतामा आफ्नो आन्तरिक क्षमता अनुसार बिकास गर्न सक्ने गरि शैक्षिक बाताबरण बनाउन, विद्यालय जादा घरबाटै खुसी भएर आउने र विद्यालयमा रमाएर कक्षाकोठामा सिक्ने वातावरण मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।

यादवले आफ्नो प्रतिवद्धता पत्रमा विद्यालय, विद्यालयको पोशाक आफनो विद्यालयको प्रतिष्ठाले सबै विद्यार्थी गर्व गर्न सक्ने बनाउने , टाई बेल्ट र जुत्ता अनि पोशाख खरिद गर्न नसक्ने विपन्न विधार्थीका लागि निशुल्क व्यवस्था गर्न, विद्यार्थीको चाहना र रुची अनुसार प्रविधिको अत्याधुनिक प्रयोग गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन, अभिभावकले बालबालिकाको भाग्य तथा भविष्य सामुदायिक विद्यालयमै देख्न सक्ने गरि शैक्षिक तथा भौतिक व्यवस्थापन मिलाउन, विद्यालयको भौतिक, व्यवस्थापकिय र शैक्षिक सुधारका लागि पहल गर्न , विद्यालयको नाममा रहेको जग्गा खोजि गरि ठेक्का लगाउने र त्यसमा बढी कबोल गर्नेलाई मात्र दिइनेछ भनी उल्लेख गर्नुभएको छ । त्यसैगरी प्रत्येक वर्ष अभिभावक भेलाद्धार वार्षिक प्रगति प्रतिवेदन, सामाजिक लेखाप्रक्षिण प्रतिवेदन सार्वजानिक गरिनेछ, आर्थिक सुशासनलाई संस्थागत विकास गर्न प्राथमिकताका साथ सार्वजनिकीकरण तथा सार्वजानिक सुनुवाई कार्यक्रम आवश्यकताको आधार सञ्चालन गरिने छ , विद्यालयको शैक्षिक विकासका लागि भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाका लागि वडा, नगर, प्रदेश र संघीय सरकार समक्ष पहल निरन्तर रुपमा गरिने छ । नमुना विद्यालय निर्माणका लागि आधार निर्माण गरिने छ । शिक्षकहरुका पेसागत वृद्धि विकासका लागि आधारभूत कम्प्युटर तालिमको व्यवस्था गरी शिक्षालाई सूूचना प्रविधिसगँ जोडेर शैक्षिक गुुणस्तरलाई वृद्धि गरिनेछ । सामुहिक नेतृत्व प्रणालीद्धारा विव्यसका कार्यभार पूरा गरिनेछ, भिभावक मैत्री, बाल मैत्री, भयरहित शिक्षा, शिक्षक मैत्री विद्यालय बनाइनेछ, वार्षिक विद्यालय योजना तर्जुमा गरी वार्षिक नीति तथा कार्यक्रमद्धारा विद्यालय सञ्चालन गरिने व्यवस्था मिलाइने छ, विद्यालयमा दण्ड र पुरस्कारको रणनीति अवलम्बन गरिने छ , शिक्षा नियमावली तथा शिक्षा ऐनमा भएको व्यवस्थालाई पूूर्ण कार्यान्वनका लागि प्रविद्ध रहनेछ र निशुल्क रुपमा कक्षा ८, ९ र १० मा थप कक्षाको व्यवस्था(कोचिंग कक्षा) गरिने तयारी गरेको बताउनुभएको छ । यादवले गुटउपगुट, जाति र पार्टी भन्दा माथी उठौं, असल नेतृत्वका लागि अभिभावकहरु जुटौं भन्ने नाराका साथ सहमती भए सहभती नभए निर्वाचनबाट पनि असल नेतृत्व ल्याई समिति विहिनताबाट विद्यालयलाई मुक्त गरि शैक्षिक गुणस्तरको वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

Previous Post

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

Next Post

फेसबुक लाइटमा देखियो समस्या भयो ठिक

Next Post
फेसबुक लाइटमा देखियो समस्या भयो ठिक

फेसबुक लाइटमा देखियो समस्या भयो ठिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana