ईनरुवा !
भोक्राहानरसिंह गाउँपालिकाले एक कार्यक्रमका बिच सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललाई स्वागत तथा सम्मान गरेको छ ।
गाउँपालिका अध्यक्ष श्री अजमल अख्तर आजादको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, ८ वटै वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु, रेडक्रस भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, नागरिक समाजका अगुवा हाजी इस्राइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गतका सबै प्रहरी कार्यालयका इन्चार्जहरु, विओपी उल्टीका इन्चार्ज, विओपी लौकहीका इन्चार्ज, तथा भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।





