रविन्द्र कुमार यादव विराटनगर !
मोरगंको सत्यनारायण माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटि गठन भएको छ । यहाँ विधार्थीहरुको भेलाले सेराजम मुनिराको अध्यक्षतामा कमिटि गठन भएको हो ।
भेला
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगरका अध्यक्ष कुश थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । विद्यालयमा बसेको बैठक भेलामा श्री सत्यनारायण माध्यमिक विद्यालयका लागि युनियनमा अध्यक्ष सेराजम मुनिरा, उपाध्यक्षमा धिरज कमत, रमेश यादव, निशा यादव, दोस्तिका कर्ण, कोषाध्यक्षमा निमा राजबंशी, सचिबमा कृष्ण कुमार यादव, सह सचिव सरस्वती ठाकुर, मन्जिला बस्नेत, अपेक्षा गुरागाईं चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण ठाकुर, देबना दाहाल, रितु यादव,निशा कार्की, सबिना तामाङ, स्वाति साहु, मोना गुप्ता, एलिसा कटवाल, सोनी यादव,आस्विन खातुन, जिया लिम्बू ,देवकी साहु, लक्ष्मी कुमार यादव, तनिया यादव ,कोमल नेपाल सहित रहेका छन् । त्यसैगरी
नारायण चौलगाई सह सचिव, सह सविच आर्यन खड्का र महेन्द्र मोरङ्ग क्याम्पसका सचिव केशव भण्डारी पत्रकार रविन्द्र कुमार यादव सहित उपस्थिती रहेको थियो ।





