श्रीमान् सम्पादक ज्यू
सत्य संसार साप्ताहिक
इनरुवा २, सुनसरी ।
विषय ः पाठक पत्र
प्रस्तुत विषयमा म यस पत्रिकाको नियमित पाठक हुँ । तर विडम्बना यो पत्रिका प्रकाशन भईहरेको क्षेत्र र नगरबाटै सही सूचनाहरु र खोजहरु नआएकाले त्यसमा खोज अनुसंधानका लागि अनुरोध गर्दै यो पत्र लेखेको छु । हामी नेपाली समाजमा विभिन्न विचारमा आस्था राख्ने गछौं तर जहाँ आस्था राख्ने त्यही ठाउँमा धोका दिने, कालोबजारी गर्ने, अन्तरघात गर्ने गरेको छ । त्यस बारेमा यहाँको पत्रिकामा सूचना र समाचार नआएकाले आफ्नै क्याम्पस र नगरका बारेमा जानकारी सहित पत्र पठाएको छु ।
सम्पादक ज्यू इनरुवा नगरमा नेपाली काग्रेंसका केही नेताकार्यकर्ताहरुले समाजको विकास भन्दा बिबादमा बढी समय खर्चिएको देखिन्छ । हालै सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको छनौटका प्रकृयामा पनि काग्रेंसीहरुले भाजो हाल्ने काम गरेको देखियो । अभिभावक भेला बोलाउदाँ समेत गैर अभिभावक गएर बिथोल्ने , गुटबन्दी गर्ने, द्धन्द्ध सृजना गर्ने , चुगली गर्ने कार्यमा व्यस्त भए, जुन एउटै मिडियामा त्यसको समाचार आएन । किन आएन जहाँ दुई जना पत्रकारहरु दैनिक पत्रिकामा आवद्ध छन् त्यहाँको समाचार आएन अनि साप्ताहिकका प्रकाशक समेत रहेको ठाउँमा गैरजिम्मेबारी कार्य गर्ने, विद्यालयलाई गौशाला बनाउने कार्यमा उद्धत रहेको छ , यसको छानविन हुनुपर्छ । नेपाली काग्रेंसका क्षेत्रिय नेता कि कुन नेता हो आफूलाई ठूलो भनौदा प्रकाश नेपाली र इनरुवा नगरपापिलका वडा नम्बर ९ को नेपाली काग्रेंसबाट दुई पटकसम्म वडा अध्यक्षका उम्मेदबार बनेको तर पराजित समेत हुनुभएका कृष्णदेव मेहताले विद्यालयमा पूर्ण हस्तक्षेप गरेको बाहिर आएको छ । नेपाली र मेहताले विद्यालयका अभिभावकलाई उनीहरुको बालबालिकाहरु पढ्ने क्षेत्रमा राजनीतिक गरि शैक्षिक गुणस्तरमा ह्रास पार्ने सडयन्त्र स्वरुप तीन वटा अभिभावक भेलामा आफू बाहेक अरु कोहीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नदिने घटिया सोचका कारणले विथोल्दै आए । उनीहरुले आफ्नो स्वार्थपुर्तीका लागि अनेको खेलहरु र फोहोरी सडयन्त्र समेत गरे भने विचार नमिल्ने तर आफू अनुकुल विद्यालय विगार्नमा योगदान गर्ने गरेको दृष्य देखियो । भदौ १९ गते विद्यालयलाई रणभुमी बनाउने प्रयासमा समेत लागेका थिए । प्रहरी नभएको भए सरस्वती माविको गेट तोड्न यीनै मेहता र नेपाली देखिए । विद्यालयलाई सपार्ने पक्षलाई बाधा अवरोध गर्ने गरि पूर्ण हस्तक्षेप गरेको स्थानीयहरुको गुनासो बाहिर आएकाले त्यसबारेमा छानविन र सत्य, तथ्य समाचार बाहिर ल्याउन आग्रह छ ।





