इनरुवा, भदौ २७ गते । कृषि ज्ञान केन्द्र सुनसरीको आफ्नो बार्षिक कार्यक्रम एवम् योजनाहरु बिषयक सार्बजनिकिकरण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले सदरमुकाम इनरुवामा सोमबार आयोजना गरेको चालु आर्थिक बर्ष २०७९।०८० को बजेट र सञ्चालन गर्ने कार्यक्रमहरुमो सार्वजनिकिकरण गरिएको हो । सार्वजनिकिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादव सहित स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले समग्रमा बार्षिक कार्य प्रगित सन्तोजनक देखिए पनि अझ थप प्रभाबकारी बनाउन बार्षिक कार्यक्रम तयारी गर्दा नै सरोकारवालासंग छलफल गरेर बिनीयोजन गर्नुपर्ने सुझाव दिएका थिए । बजेट र योजनाहरु सम्बन्धित पालिकाहरुमा गएर नै सरोकारवालासंग छलफल गरेर कृषिका कार्यक्रम बनाउन सुझाव दिएका थिए ।

कृषि ज्ञान केन्द्र सुनसरीमा संघिय र प्रदेश सरकारबाट चालु आर्थिक बर्षका लागि बजेट बिनीयोजन गरेको छ । सहभागिहरुले माटो परिक्षण, विधुतीय सिंचाई, जडिबुटि खेती जस्ता कुराहरुलाई प्राथमिकिकरणमा राखेर कृषी ज्ञान केन्द्रले काम गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा संघीय सांसद सिताराम मेहता, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, उपप्रमुख कमला खतिवडा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, बर्जुका अध्यक्ष जिवछ राय, गढीका अध्यक्ष आशनारायाण चौधरी, प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सबै पालिकाका प्रमुख एवं उपप्रमुखको उपस्थिती रहेको थियो ।





