Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री

सरस्वती माविमा शैक्षिक सामग्री वितरण

by नेपाल टाइमलाइन न्यूज
September 14, 2022
in मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
यादवले गरे चार थान पंखा विद्यालयलाई हस्तान्तरण
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित जिल्लाभरी नै विभिन्न कार्यक्रमको आयोजना गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् ।

दिवशको अवसर पारेर इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत्त सबै बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिको पहल र विभिन्न सहयोगी हातहरुको सहयोगमा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यालयमा अध्ययरत्त बालबालिकाहरुलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, प्रदेश १ का पूर्व मन्त्री जगदिश प्रसाद कुसियैत, गढी गाउँपालिकाका लेखा अधिकृत दिलबहादुर खड्का, नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका अध्यक्ष बेचन उराँव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र कुमार साह, समाजसेवी विद्यानन्द यादव, नईम अंसारी, समाजसेवी रामवृक्ष मेहता, नेपाल लोकतारिन्त्रक पार्टी, ओरेक नेपाल, कोकन सुनसरी, इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसरी सहितको सहयोगमा ५८ औं राष्ट्रिय बाल दिवसमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

दाताहरुबाट प्राप्त भएको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र प्रधानाध्यापक तेजनारायण यादवले वितरण गनुभएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, अधिकारकर्मी सरिता कार्की घिमिरे, गंगाराम खत्वे, पूर्व वडा सदस्य जसलाल यादव, देवलाल यादव, नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका सम्पतलाल उराँव, शिक्षक श्यामप्रसाद साह सहितको कार्यक्रमको उपयोगिताका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा मानवअधिकारकर्मी रमेश भट्टराईले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने भएकाले शैक्षिक सामग्री वितरण गरेकोमा दाताहरुलाई धन्यदाव दिनुभयो ।

उहाँले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राख्नुभयो । सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ ।

उता कोशी गाउँपालिकामा ५ को मदरसा दारुल होदा सल्फियाले पनि बाल दिवसमा कार्यक्रम सम्पन्न गरेको छ । मदरसाले बुधबार वालमैत्री समाजको आधार जिम्मेवारी परिवार, उत्तरदायी सरकार मुल नारा सहित बाल दिवस मनाएको स्थानीय मुस्ताक आलमले जानकारी दिनुभयो । उता विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवलाई मानव अधिकार सञ्जाल सुनसरीले बधाई सहित सम्मान गरेको छ । मानव अधिकार र पत्रकारिता क्षेत्रमा दुई दशकदेखी सकृय यादव सरस्वती मावि बबियाको विद्यालय व्यवस्थापन समितिका सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरेको सञ्जालका संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो ।

Previous Post

सुनसरीमा हर्सोल्लासका साथ बाल दिवश मनाए

Next Post

बाल दिवशमा वकतृत्वकला प्रतियोगिता

Next Post
बाल दिवशमा वकतृत्वकला प्रतियोगिता

बाल दिवशमा वकतृत्वकला प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana