सम्वाददाता
विराटनगर । मोरगंको विभिन्न स्थानमा ५८ औं राष्टिूय बाल दिवशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । मोरगं जिल्लाको बुढीगंगा गाउँपालिकाको हरित तारा एकेडेमीले स्थानीयस्तरमा अतिरिक्त कार्यक्रम तथा सचेतनामुलक कार्यक्रम गरिएको छ । बुढीगंगा गाउँपालिका १ मा दिवश तथा सचेतना फैलाउने कार्य गरेको शिक्षक दिनेश यादवले जानकारी दिनुभयो । दिवशमा सृजनात्मक कार्यक्रम, प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको जनाएको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन भईरहेको छ ।





