संघीय शिक्षक फोरम नेपाल सुनसरीले कोशी गाउँपालिकाका केही शिक्षकलाई गाउँपालिकाले आन्तरिक रुपमा गरिएको सरुवाको विरोध गरेको छ । नेपालले शिक्षकहरुलाई समन्वय र छलफल नगरि अपायक पर्ने गरी सरुवा गरेको भन्दै विरोध जनाएको हो । फोरमका जिल्ला अध्यक्ष सुमन कुमार मेहता र कार्यवाहक सचिव प्रकाश कायस्थले प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक र विद्यालयको सहमति विना तथा अपायक पर्ने गरि बदनियतपूर्ण सरुवा गरेको दावी गरेको छ । निर्णयलाई सच्याएर सम्बोधन गर्नुपर्ने फोरमको माग रहेको छ ।





