Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

by नेपाल टाइमलाइन न्यूज
September 19, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी
10
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा इनरुवा, असोज ३ गते । आठौ संविधान दिवशका अवसरमा सोमबार सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा संविधान दिवश मुल समारोह समितिले प्रभातफेरी निकालेको छ । जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी निकालेको हो । सोमबार बिहान इनरुवा वडा नम्बर ४ स्थित शहिद गेटमा रहेको विर शहिदहरुको सालिकमा मलायार्पण गर्दै सुरु भएको सशस्त्र प्रहरी र नेपाली सेनाको पञ्चेबाजा सहितको र्याली नगरको परिक्रमा गर्दै लोकतान्कि चोकसम्म र गोलचौकदेखी महानन्द पार्क सहित बजार परिक्रमा गरी पार्कमा रहेको नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो । संविधान दिवसको अवसरमा इनरुवा ४ स्थित शहिद गेट अगाडी भेला भई मधेश आन्दोलनका सहिदद्वय हरि मेहता र श्यामसुन्दर मेहताको सालिकमा माल्यार्पन गरिएको छ । इनरुवाको सहिद गेटबाट निकालिएको प्रभावफेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता खबरदारी लगायतका प्लेकार्डमा लेखिएका नाराहरु बोकी तथा संविधान दिवसको ब्यानर बोकी ¥याली निकालिएको थियो । संविधान दिवशको अवसरमा इनरुवा नगरपालिका प्रमुख तथा नेपाली काग्रेस जिल्ला सभापती केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका उपसचिव डिल्लीराज निरौला सहित सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल सहित सुरक्षाकर्मी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रधानाध्याक विधार्थी एवम् समाजसेवीहरु प्रभातफेरीमा सहभागि भएका थिए ।

संविधान दिवशको अवसरमा महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ । नगरमा झण्डोत्तोलनपछि बोल्दै समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले जनताको त्याग, तपस्या, बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट गाउँनगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेकोमा बधाई तथा शुभकामना दिनुभयो । मेहताले विकास र समृद्धिका लागि सबै नागरिकलाई समानताको हिसावले हेर्नुपर्ने र राज्यका सबै निकायमा लोकतन्त्रको अनुभुती तिलाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । मेहताले आठौ संविधान दिवश मनाईरहदाँ जिल्लामा सबै भन्दा ठूलो , सभ्य र भव्य कार्यक्रम यसपाली भएको र त्यसमा जिल्ला समन्वय समिति सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलकदमी र अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी गरिएको बताउनुभयो । यसैगरी, आईतबार प्रत्येक वडाका बजार तथा महत्वपूर्ण स्थानमा सरसफाई र साँझमा जिल्लाभरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कार्यालय सहित सबै सरकारी कार्यालयमा दिपावली गरिएको थियो । सोमबार साँझ पनि सबै नगरपालिका कार्यालय र सवै वडा कार्यालयमा दिपावली गरिएको छ । साथै प्रत्येक गाउँ तथा नगरवासीलाई साँझ दिपावली गर्न मेहताले आव्हान समेत गर्नुभयो । यहाँ तीन दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति र जिल्ला प्रसाशन कार्यालय सहित नगरपालिका कार्यलयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम गरेको छ । उता इनरुवा नगरपालिका कार्यालय र यहाँ १० वटै वडा कार्यालयमा झण्डोत्तोलन समते गरिएको छ ।

Previous Post

युवा नेता विद्यानन्द यादव घरदैलौमा

Next Post

सूर्य किरण एकेडेमीमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Next Post
सूर्य किरण एकेडेमीमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

सूर्य किरण एकेडेमीमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana