Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा लुटपाट गर्ने उदेश्यले गएका एक किशोरले महिलाको हत्या

सुनसरीमा लुटपाट गर्ने उदेश्यले गएका एक किशोरले महिलाको हत्या गरेका छन् ।

by नेपाल टाइमलाइन न्यूज
September 20, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
सुनसरीमा लुटपाट गर्ने उदेश्यले गएका एक किशोरले महिलाको हत्या
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी

हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ ।उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

 

सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार गत भदौ २८ गते दिउँसो ३ बजेतिर धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित तोड्केकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भएको थियो ।

 

राईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।

 

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । प्रहरीलाई घटनाबारे भदौ २९ गतेमात्रै जानकारी भएको थियो ।

 

‘हामीलाई घटनाबारे एकदिनपछि मात्रै जानकारी आएकाले घटनाको दोषी पत्ता लगाउन चुनौती थियो,’ एसपी ढकालले पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्नको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरीको अनुसन्धान समूह र तालिम प्राप्त कुकुर अनुसन्धानमा खटिएको थियो ।’

 

उनले घटनामा संलग्नलाई विराटनगर महानगरपालिका १५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको स्वीकार गरेका छन् ।

 

‘मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेर लुटपाट गरेको खुलेको छ,’ एसपी ढकालले भने, ‘खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

 

आरोपित किशोरले बराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा–नरसिंह गाउँपालिकामा पुगेको बताइएको छ । भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएको र उनी भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ ।

 

गहना राखेको र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।

 

पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चारदिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

Previous Post

सूर्य किरण एकेडेमीमा कक्षा ११ को उद्घाटन तथा नवआगन्तुक विधार्थीलाई स्वागत

Next Post

एमालेको घरदैलौ सुरु, विभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश

Next Post
एमालेको घरदैलौ सुरु, विभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश

एमालेको घरदैलौ सुरु, विभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana