Friday, February 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

सुनसरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

by नेपाल टाइमलाइन न्यूज
October 3, 2022
in मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सुनसरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
17
SHARES
Share on FacebookShare on Twitter

 

इनरुवा,

सुनसरी जिल्ला प्रहरी कार्यालय सुनसरीले नजिकिँदै गरेको बडा दशै, शुभ दिपावली र छठलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ ।

प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पत्रकार सम्मेलन गरी विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी सुनसरी अन्तर्गतका १२ वटै स्थानीय तहका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी सुरक्षा याेजना लागू गरिएको बताए ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप सुनसरी जिल्ला अन्तर्गतका १२ वटा स्थानीय तहहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त नेपाल भारत प्रवेश गर्ने सीमा नाकामा चेकजाँचको कडा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी नियमित मोवाइल गस्ती परिचालन गर्ने, नियमित पिकेट डियुटीमा थप परिचालन गर्ने, जिल्लाका विभिन्न धार्मिक स्थल, बैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाइने उनलेे बताए ।

चाडपर्वको बेलामा हुनसक्ने झैँ-झगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, जिल्लाको विभिन्न बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राइले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरूकाे गति नियन्त्रणका लागि विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरूमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजनाअनुसार मातहत कार्यालयबाट काम कारबाही भए/नभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाइने नायव उपरीक्षक राइले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ११ सय ७ जना प्रहरी परिचालित गरिएको बताए ।

Previous Post

सप्तरीमा सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित कार्यक्रम जारि ,लाखौंको अबेध समान बरामद

Next Post

सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै

Next Post
सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै

सुनसरीका भण्डै २५ सय म्यादी प्रहरी छनौट हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana