Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

by नेपाल टाइमलाइन न्यूज
October 6, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
16
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २० गते । सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अगामि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


शिक्षा तालिम केन्द्र इनरुवाको भवनमा विहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीको उपस्थितीमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कार्यालय संचालनमा ल्याएको नायव सुब्बा मणि पोखरेलले जानकारी दिनुभयो । निर्वाचन आयोगले यसअघि नै सुनसरी जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको थियो ।


विहीबार निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानको सभा गृहमा, निर्वाचन क्षेत्र नम्बर २ को इनरुवाको शिक्षा तालिम केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय दुहवीको रंगशालामा र निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृत तथा मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाको शिक्षा तालिम केन्द्रमा संचालनमा ल्याएको छ ।
चारवटै निर्वाचन क्षेत्र नम्बरमा निर्वाचन अधिकृतको कार्यालय मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीको उपस्थिती र प्रमुख आथित्यतामा उद्घाटन गरिएको हो ।

निर्वाचन आयोगले जिल्लाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुन अधिकारीलाई जिम्मेवारी तोकेको र उहाँलाई निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन गराउने जिम्मेवारी पनि दिइएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा सर्वोच्च अदालत काठमाडौंका इजालास अधिकृत रुद्रप्रसाद अर्यालललाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ । आयोगले निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता एकराज अधिकारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
यस्तै, सुनसरीमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उमाकान्त पौडेललाई जिम्मेबारी दिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, निर्वाचन अधिकृतहरु रुद्रप्रसाद अर्याल, सहायक अधिकृत नविन कोईराला, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रमुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, उपअनुसन्धान अधिकृत कुलचन्द्र नेपाल, पत्रकार जयकृष्ण यादव, रणध्वज लोहार लगायतको उपस्थितिमा कार्यालय संचालनमा आएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
कस्तो छ निर्वाचन कार्यतालिका ?


प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गतेका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिनको साझँ ५ बजे कार्यालयमा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने , असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिनदेखी असोज २५ गते दिउसो ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते अपराह्न ५.०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते दिउसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समयदिने, असोज २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन साँझ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । मंसिर ४ गते सबै क्षेत्रमा मतदान हुने कार्यतालिका छ । आयोगले सम्बन्धित मतदान केन्द्रमा विहान ७ बजे देखी साँझ ५ बजे सम्म मतदान गर्ने व्यवस्था मिलाएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैन । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भए पश्चात मतगणना कार्य शुरू गरिनेछ ।

Previous Post

विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुईको मृत्यु

Next Post

हिन्दु स्वयमसेवक संघद्धारा प्राथमिक शिक्षा वर्ग कक्षा

Next Post
हिन्दु स्वयमसेवक संघद्धारा प्राथमिक शिक्षा वर्ग कक्षा

हिन्दु स्वयमसेवक संघद्धारा प्राथमिक शिक्षा वर्ग कक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana