सुनसरीको दुहवीबाट पत्रकारिता गर्दै आउनुभएका पत्रकार आषिश यादवलाई पितृ शोक परेको छ । उहाँका बुबा डाक्टर सोनेलाल यादवको बिहीबार ८४ वर्षको उमेरमा निधन भएकाले पितृ शोकमा पर्नुभएको हो ।

लामोसमय देखि बिरामी रहदै आउनुभएका सोनेलाल यादवको सुनसरी दुहबी नगरपालिका ६ स्थित आफ्नै निवासमा निधन भएको थियो । नेपाल प्रेस युनियन दुहबीका संयोजक समेत रहनुभएका आषिश यादव रेडियो नेपालका सुनसरी सम्बाददाताको रुपमा कार्यरत रहनुभएको छ । यादवका बुवाको अन्त्यष्टि हिन्दु धार्मिक परम्परा र संस्कार अनुसार शुक्रबार बिहान ११ बजे कोशी ब्यारेज पश्चिम सप्तकोशी नदी किनारमा गरिएको जनाएको छ ।

सोनेलाललाई श्रद्धाञ्जली दिनका नेपाली काग्रेंस सुनसरीका सचिव विरेन्द्र साह सहित निवासमा पुग्नुभएको थियो । पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अपर्ण गरेको नेपाली काग्रेंस क्षेत्र नम्बरका क्षेत्रिय अध्यक्ष मेहेद्धिन हुसेनले जानकारी दिनुभयो ।

त्यसैगरी सुनसरीका त्रियाशिल पत्रकार तथा अधिवत्ता सुकदेव चौधरी, पत्रकार जयकृष्ण यादव, टोमराज मेहता, संजिव वाग्ले, नसिम अंसारी, चन्दन रौनीयार, अक्रवर अलि सहितका श्रद्धाञ्जली अपर्ण गर्नका लागि अन्तिम संस्कार स्थल कोशीमा पुग्नुभएको थियो । आमको हागाँ (काठी) दिएर हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल प्ररिवारजनमा सम्वेदना व्यक्त गरेका थिए ।





