इनरुवा, असोज २३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गराउनुभएको छ ।
जिल्लाको प्रतिनिधिसभा ४ नम्बरबाट प्रतिनिधिसभामा दिउसो पौने तीन बजे मनोनयन दर्ता गराउनुभएको हो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका मन्त्री कार्कीले दोस्रो पटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुदै निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाधली रहित र भयरहित वतावरणमा हुने बताउनुभयो । वहाँले मंसिर ४ गतेको निर्वाचन पछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्य र आर्थिक स्थिरता कामय गर्ने बताउनुभयो । देशबाट बेरोजगारी र गरीबी अन्त्य गर्नका लागि निर्वाचन पछि सरकारले काम गर्ने बताउनुभयो । संविधानको रक्षा गर्ने, आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागि परेको र लागिरहनका लागि काम गर्ने बताउनुभयो । उहाँले आफू निर्वाचित भएको यस क्षेत्रमा उतकृष्ट क्षेत्र बनाउने काममा लागेको र अव फेरीपनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफू भाषणमा मात्रै नभई जस्ताबेज सहित यर्थातमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, संचार , यातायात सहितको क्षेत्रमा आवाज संसदमा मुखरित भएको र थप बाकी कामलाई पूर्णता दिनका लागि काम गर्ने बताउनुभयो । उहाँले आफ्नो प्रतिनिधि सभामा पाँच वर्षे कार्यकालमा विश्व नै कोरोनाका कारणले डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समयमा असल काम गरेको बताउनुभयो । उहाँले नागरिकको आकक्षा, आवश्यकताहरुलाई तिव्रताका साथ सम्बोधन गर्ने बताउनुभयो ।
मन्त्री कार्कीले आफूहरुले गरेको कामको अध्ययन गरि सही मूल्याकंन गरिदिन र अगामी दिनमा कसरी काम गर्ने भन्ने बारेमा स्पष्ट धारणाका साथ जनताको घरदैलैमा भेटभाट गर्ने बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै यसक्षेत्रमा भौतिर्क पूर्वाधार निर्माणको काम गर्ने, गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम कार्कीले मनोनयन पत्र दर्ता गर्नुभएको छ । उहाँले नेपाली काग्रेंस पार्टीका तर्फबाट मनोनयन पत्र दर्ता गर्नुभएको हो ।
उता सुनसरीमा चार वटै प्रतिनिधि सभा र आठ वटै प्रदेश सभाका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारी दर्ता उत्साह पूर्वक सम्पन्न भएको छ ।
सुनसरीमा सत्तारुट गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मुक्सहाग लिम्बु, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काग्रेंसका सिताराम मेहता, निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काग्रेंसका विजय कुमार गच्छदार र क्षेत्र नम्बर ४ बाट नेपाली काग्रेंसका ज्ञानेन्द्र बहादुर कार्कीले मनोनय दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमाले तथा जनता समाजवादी पार्टीको गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका असोक राई, निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भिमप्रसाद आचार्य, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै भगवती चौधरी र क्षेत्र नम्बर ४ बाट एमालेका जगदिश प्रसाद कुसियैतले मनोनय दर्ता गराउनुभएको छ ।
जिल्लामा नेपाली काग्रेंसले प्रतिनिधि सभा तर्फ तीन क्षेत्र, नेकपा माओवादी केन्द्रले एक क्षेत्रमा, नेकपा एमालेले तीन क्षेत्रमा र जनता समाजवादी पार्टीले एक क्षेत्रमा मात्रै उम्मेदबारी दर्ता गराएको छ । यहाँ नेपाल लोकतान्कि पार्टी, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्च सहितका १९ राजनीतिक दलका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएका छन् ।
सुनसरीमा सत्तारुट गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा माओवादी केन्द्रका मुक्सहाग लिम्बु, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काग्रेंसका सिताराम मेहता, निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काग्रेंसका विजय कुमार गच्छदार र क्षेत्र नम्बर ४ बाट नेपाली काग्रेंसका ज्ञानेन्द्र बहादुर कार्कीले मनोनय दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमाले तथा जनता समाजवादी पार्टीको गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका असोक राई, निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भिमप्रसाद आचार्य, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै भगवती चौधरी र क्षेत्र नम्बर ४ बाट एमालेका जगदिश प्रसाद कुसियैतले मनोनय दर्ता गराउनुभएको छ ।





