Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी, के होला ?

गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी, के होला ?

by नेपाल टाइमलाइन न्यूज
October 10, 2022
in चुनावी समाचार, मनाेरञ्जन, विश्व, स्थानीय समाचार
A A
0
गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी, के होला ?
10
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।

 

आज सोमबार काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

 

काठमाडौँ–७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएकोमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए ।

 

आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाहरु विरुद्ध आज उजुरी आब्हान गरेको थियो । सोहि अनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाब लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएको बताए । ‘भ्रष्टाचार, फौजदारी अभियोग लागेकाहरुले चुनाब लड्न मिल्दैन । उनीहरुले चुनाव जितेपनि मुद्दाको फैसला नहुन्जेल सांसद समेत हुन नपाउने भएकोले ठाउँ नै ओगट्न किन चुनाव लड्नु पर्‍यो’ उनले भने ।

 

उजुरी अनुसार २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा आरोपित गच्छदार १० लाख धरौटीमा रिहा भएका हुन् । गच्छदारलाई वि.सं२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएका थिए ।

 

‘विजयकुमार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो । कानुनतः गच्छदारले चुनाब लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो’, उजुरीमा भनिएको छ ।

Previous Post

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की

Next Post

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana