इनरूवा । दुहबी नगर प्रमुख बेद गच्छादारलाई स्थानिय तहका भौतिक तथा मानबिय बिकासका लागी निडर अनि हिम्मतकासाथ अगाडी बढेर कार्य सफल गरेकोभन्दै स्थानिय जनताले २५ केजिको माला पहिराएर धन्यवाद दिएका छन । दुहबी ६ का बिजि गोयन्काको अगुवाइमा दुहबी ५ स्थिति बजार भित्र नगरपालीकाको २ बिगाहा क्षेत्र भित्र बनेका संरचना हटाइ सार्वजनिक उपदेयताका भवन बनाउने नगर प्रमुख गच्छादर्को रणनितिलाई समर्थन र हौसला प्रदन गर्दै उनिहरुले माला पहिराएर सम्मन गरेका थिए । दर्जनौ सालदेखि दुहबी कुरुप रहेको र यस्लाई सजाका गर्ने अभियानमा नग्रप्रमुख गच्छादार लागेर सफलताको सिढि चढेकोभन्दै आगामी दुहबी अकल्पनिय बन्ने र त्यो सम्भाव्ना मेयर गच्छादारको बिकल्प नरहेको गोएन्काले बताए । गोयन्का केहि समय अगाडिसम्म नगर प्रमुखको बिरुद्द थिए तर जब गच्छादारको अडिग आत्मविस्वास र हिम्मले दुहबिको मुहार फेरि लाग्य तसपछि सचेत युवाहरुले गच्छादारलाई साथ दिन थालेका छन् ।