भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका सुनसरी जिल्ला सदस्य महेन्द्र प्रसाद यादवले (जनवरी-२२) माघ ८ गते सोमबारका दिन गाउँपालिका भरीको मठ मन्दिर तथा आ-आफ्नो घर–घरमा दिपावली मनाउन अनुरोध गरेका छन् ।
५५० बर्षपछि भगवान “श्री राम जी” अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् ।
पुर्व अध्यक्ष तथा नेकपा एमालेका जिल्ला सदस्य महेन्द्र प्रसाद यादवले भाेक्रहा नरसिंह गाउँपालिका स्थानीय गाउँवासीहरू सँगै स्थानीय बुद्धिजीवी, समाजसेवी पत्रकार लगायत पार्टीका पदाधिकारीहरु, बजारका व्यापारीहरु लगायतका व्यक्तिहरूसँग आपसी छ्लफल गरी माघ ८ गते(२२ जनवरी) सोमबारका दिन भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएको अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।