Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाले गरे स्थानीय बजार अनुगमन

भोक्राहा नरसिंह गाउँपालिका स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन

by नेपाल टाइमलाइन न्यूज
February 15, 2024
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाले गरे स्थानीय  बजार अनुगमन
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको मुटुभित्र रहेको स्थानीय चिरौली बजार अनुगमन गरिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी चिरौली र स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवले जानकारी दिइन् ।

पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवका अनुसार चिरौली चौक स्थित रहेको स्थानीय बजारका विभिन्न किराना पसल, मदिरा पसल हाडवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको बताइन् ।कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको उपाध्यक्ष सुनिता उराँवले बताइन् । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले जानकारी दिइन् ।

अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको अनुगमन टोलीका संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले बताइन् ।

सबै व्यवसायीहरुलाई यो महिनाभित्र सम्बन्धित वडामा गएर व्यवसायी दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको उनले बताइन् । सबै व्यापारीहरुलाई दर्ता नविकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुनी कारवाही अगाडि बढाउने बताइन्।

उता अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने दर्जन भन्दाबढी पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको प्रशासन शाखा प्रमुख बसन्त प्रभा खनालले बताइन् । उनले बताएअनुसार त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा,मिठाइ तथा कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको बताइन् ।स्थानीय चिरौली चौक स्थित रहेको बजारमा बरामद गरिएका अखाद्य वस्तु भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भोक्राहा नरसिंह गाउँपालिकाको स्थानीय बजारमा रहेको अंसारी किराना पसल र नाम नखुलेको किराना पसल, पान पसलबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो ।

Previous Post

‎म छाेरा हुँ 

Next Post

‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गर्ने किशोर पक्राउ

Next Post
‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गर्ने किशोर पक्राउ

‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गर्ने किशोर पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana