- इनरुवा । सुनसरीको गढी गाउँपालिकामा दिल बहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पालिकाकै लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खड्काले बुधबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १४ गतेको पत्राचार अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पालिकाका अध्यक्ष आश नारायण चाैधरीले बताए ।यसअघि सो पदको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत सम्भु पाैडेलले सम्हालेका थिए ।उनको संवत: अवकाशप्राप्त भएपछि गाढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका थिए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०/११/१४ गतेकाे चलानी नम्बर १६४० अनुसार आर्थिक कामकाज अनुभवी रहेका खड्कालाई प्रशासनीक कामकाजको जिम्मेवारी दिएपछि स्थानीयवासीहरूमा छुट्टै खुसयाली छाएको छ ।
मन्त्रालयले गढी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय औरावनी सुनसरीको च.नं. १४३३, मिति २०८०/११/११ को पत्रबाट लेखी आए बमोजिम यस कार्यालयमा नेपाल प्रशासन सेवा, लेखा समूह, अधिकृत स्तर आठौं तहमा कार्यरत दिल बहादुर खड्का (कर्मचारी संकेत नम्बर २०२९१९)लाई स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएसम्मको लागि बढीमा २ (दुई) महिनाको लागि मात्र आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।





