उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय विना मेयर हेमकर्ण पौडेलले राजनीति प्रतिसोध साध्नलाई कार्यक्रम स्थगित गरिएको सूचना जारी गर्नुको कुनै ओचित्य नभएको दावी गरे ।
उनले भने, ‘विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेर कार्यपालिकालाई पूर्वनिर्धारित कार्यक्रमको बारेमा सबै तयारीको विषयमा जानकारी गराई कार्यपालिका बैठकबाटै पारित गराईसकेको विषयमा पुनः मेयरले ब्यक्तिगत रुपमा जारी गरेको विज्ञप्ति उनको राजनीतिक दरिद्रता बाहेक केही होईन ।’
उनले थपे, ‘ पूर्वप्रधानमन्त्री केपी ओली मंगलबार नै दमक आएर बस्नु हुन्छ । बुधवार घरमै खाना खाएर इटहरी आउनु हुन्छ । विद्यालयको कार्यक्रम तालिकाअनुसार सहभागि भएर नेकपा एमाले सुनसरीको आयोजनामा हुने जिल्ला स्तरीय कार्यकर्ता भेलामा सहभागि भइ संवोधन गर्नु हुन्छ । सोही दिन साँझ काठमाडौ फर्किनु हुन्छ । यो सेड्यूलमा कुनै फेरबदल हुँदैन । हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौ ।’





